बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - केपी ओली कपको आज फाइनल खेल हुँदैछ ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।
मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
फाइनल खेलमा विशेष अतिथिको रूपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगितीक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ । 
 
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:२०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
