काठमाडौं - हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा हुस्सु तथा तुवालो लागेको छ।
विभागका अनुसार बिहीबार बिहान बाँके, दाङलगायत तराईका धेरै स्थानमा हुस्सु तथा तुवालो लागेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
बिहानको समयमा हुस्सु तथा कुहिरोका कारण सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

