Harsamaya
प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’
प्रधानमन्त्री वालेन्द्र शाह ।

नयाँ दिल्ली - भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज भारतको राष्ट्रपति भवनमा भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको छ ।

विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । समारोहमा भारतीय सेनाको टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको हो । 

सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।

सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update