तराईमा हुस्सु र कुहिरो
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु–कुहिरो लागेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३ ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

