Harsamaya
एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने
केपी शर्मा ओली ।

काठमाडौं - काठमाडौं नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । 

काठमाडौंको बबरमहलस्थित कार्की व्यांकेट भेला हुने पार्टीले जनाएकोे छ । 

भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरु अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए । 

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसंगठन,केन्द्रीय निकाय,संघीय र प्रदेशका साँसदहरु,स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । 

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update