Harsamaya
एनपीएल : कर्णालीद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) ।

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णाली १०५ रनमा अलआउट भयो।

जसमा सोमपाल कामीले २८, हुसैन तलतले २४ रन बनाए। लुम्बिनीका कप्तान सोमपाल कामी,अभिषेश गौतम,किशोर महतोले र डीआरसी सर्टले २/२ विकेट लिए।

५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ । 

५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ ।

आजै भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले  पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update