Harsamaya
मोइन अली जनकपुर बोल्ट्समा आबद्ध
इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली ।

काठमाडौं - इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले आगामी एनपीएल संस्करणका लागि दुई पटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको हो । 

अलीले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अलराउन्डरका रूपमा महत्वपूर्ण योगदान दिएका छन् । उनले ब्याटिङसँगै अफस्पिन बलिङमार्फत टोलीलाई योगदान पुर्‍याउँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update