Harsamaya
कुशल भुर्तेललाई बाहिरै राखेर विश्वकप लिग २ का लागि टिम घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ खेल्ने टिम घोषणा गरेको छ ।

ओमानमा आयोजना हुने लिग–२ त्रिकोणात्मक शृंखलाका लागि क्यानले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । घोषित टिममा अधिकांश पुरानै अनुहार छन् ।

क्यानले यसपटक ओपनर कुशल भुर्तेतललाई टिमबाट बाहिर राखेको छ । भुर्तेलले एक दिवसीय टिममा कमब्याक गर्न सकेनन् ।

हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिएका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् ।

यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन् । यस्तै, टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ ।

टोलीमा सन्दीप लामिछाने, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, सहाव आलम र शेर मल्ल छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update