Harsamaya
त्रिपुरेश्वरमा बसे जलेपछि राेकियाे राहदानी छपाइ र वितरण
जलेको बस ।

काठमाडौं - राहदानी विभागले विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा राहदानी छपाइ र वितरण सेवा प्रभावित भएको जनाएको छ । 

विभागले सोमबार दिउँसो सूचना जारी गर्दै आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जानकारी दिएको हो। 

जसबाट राहदानीको छपाई प्रक्रियामा प्रत्यक्ष असर पर्न गई वितरण कार्यमा कठिनाई उत्पन्न भएको विभागले जनाएको छ । 

त्रिपुरेश्वरस्थित विभाग परिसर अगाडिको सडकमा भएको बस आगलागीका कारण विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

बस आगलागी हुँदा काभ्रेको पनौती नगरपालिकाका दावा लामा ९० प्रतिशत शरीर जलेको छ । ट्राफिक प्रहरीसँग विवादपछि यस्तो दुर्घटना भएको रिद्धिसिद्धि यातायात समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update