‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्’ : सांसद शाही
काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारसँग उद्धार कार्यलाई थप तीव्र बनाउन आग्रह गरेका छन्।
शाहीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सुरुङभित्र मानिस जीवितै रहेको बताउँदा आफूहरूलाई गाली गर्ने र उद्धार सम्भव नभएको भन्दै निराशा फैलाउनेहरूलाई घटनाको वास्तविकताले जवाफ दिएको बताएका छन्।
उनले भनेका छन्, ‘मान्छे जिउँदै छन्, अझै जिउँदै छन्।’
शाहीले विपद्को समयमा राजनीति नगर्न आग्रह गर्दै सरकारसँग भएका सम्पूर्ण स्रोत–साधन परिचालन गरेर एक–एक जीवन बचाउन पूर्ण शक्ति लगाउनुपर्ने बताएका छन्।
‘आशा रहेसम्म उद्धार रोक्नु हुँदैन,’ उनले भनेका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ १०:३९
प्रतिक्रिया दिनुहोस्

