नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा एक लाख सहयोग
विराटनगर - नेपाल–चीन सीमामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रजातन्त्र सेनानी तथा महिला नेतृ नोना कोइरालाको स्मृतिमा स्थापित प्रतिष्ठानले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका संरक्षक नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला तथा अध्यक्ष पूनम कोइराला छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ १८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

