सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाको तर्फबाट रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको हो।
त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णयसमेत गरिएको छ।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग गर्ने जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १६:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय


