Harsamaya
फ्रान्सका विद्यालयमा सेप्टेम्बरदेखि मोबाइल फोन प्रतिबन्ध
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पेरिस - फ्रान्सले आगामी सेप्टेम्बरदेखि माध्यमिक विद्यालयमा विद्यार्थीले मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्ने भएको छ।

सरकारले बालबालिका तथा किशोरकिशोरीमा बढ्दो स्क्रिनको लत घटाउने र पढाइमा सुधार ल्याउने उद्देश्यले प्रतिबन्ध लगाउन लागेको हो।

संसद्ले गत जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको थियो।

सरकारले नयाँ शैक्षिक सत्र सुरु भएसँगै प्रतिबन्ध लागू गर्न सकिने जनाएको छ। विद्यालयहरूले भने नियम कार्यान्वयनका लागि आफ्नो आन्तरिक व्यवस्था संशोधन गर्नुपर्नेछ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update