Harsamaya
जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार ।

काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ ।

मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो । आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा परेपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुविधा सम्पन्न प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ । आकस्मिक तथा जटिल प्रसूतिको अवस्थामा आमा र नवजात शिशुको जीवनरक्षा तथा सुरक्षित उपचारमा पहुँच सुनिश्चित गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update