सबै सर्त पूरा नभएसम्म हर्मुज नखोल्ने इरानको चेतावनी
तेहरान - इरानको रिभोलुसनरी गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म रणनीतिक हर्मुज जलडमरू नखोल्ने चेतावनी दिएको छ।
इरानले युद्ध अन्त्य, प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएका सम्पत्ति फिर्ता गर्नुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।
यसैबीच हर्मुज क्षेत्रमा जहाजमाथि क्षेप्यास्त्र आक्रमणका घटना बढेका छन्। पछिल्ला घटनामा मानवीय क्षति नभएको जनाइएको छ। हर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ २१:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

