Harsamaya
 काठमाडौंका होटल–रेस्टुरेन्टमा अव्यवस्थित धुम्रपान गराए कारबाही हुने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का तथा अन्य सुर्तीजन्य पदार्थ सेवन वा धुम्रपान गराउन रोक लगाएको छ।

मंगलबार जारी अत्यावश्यक सूचनामा सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिइएको छ।

प्रशासनले धुम्रपान निषेध गरिएको स्थानमा स्पष्ट सूचना टाँस्न, धुम्रपान गर्ने व्यक्तिलाई त्यस्तो कार्यबाट रोक्न तथा धुम्रपानबाट स्वास्थ्यमा पर्ने असरबारे जानकारी गराउन पनि व्यवसायीलाई आग्रह गरेको छ।

अनुगमनका क्रममा नियम उल्लंघन गरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update