Harsamaya
२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ।

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्म ५२ जिल्ला विपद्बाट प्रभावित भएका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार सर्पदंशका आठ, आगलागीका सात, बाढीका छ, पहिरोका १७, अविरल वर्षाका १०, चट्याङ र जनावर आक्रमणका एक–एक तथा भूकम्पका दुई घटना भएका छन्। यी घटनाबाट करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। साथै सात स्थानमा सडक अवरुद्ध भएको थियो।

वर्षायाममा बाढी र पहिरोको जोखिम बढेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान तथा मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update