Harsamaya
 झोलुङ्गे पुलबाट युवकले खोलामा हाम फाले

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीस्थित झोलुङ्गे पुलबाट एक युवकले सिन्धुखोलामा हाम फालेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत स्याउलेका विरकाजी तामाङले आज पुलबाट नदीमा हाम फालेको स्थानीय स्रोतले जनाएको छ। उनी सिन्धुखोलास्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य सुरु गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update