पहिरो र बाढीले सडक सञ्जाल अस्तव्यस्त, यी राजमार्ग पूर्ण रूपमा बन्द
काठमाडौं - लगातारको वर्षाले देशका विभिन्न राजमार्गमा बाढी र पहिरोको असर परेको छ। बीपी, अरनिको, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक र कालीगण्डकी करिडोरसहितका सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालन अर्को सूचना नभएसम्म रोकिएको छ।
यस्तै, सिन्धुपाल्चोकमा पहिरोका कारण अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकमा बीपी राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, अर्घाखाँचीमा सालझण्डी–ढोरपाटन सडक तथा इलाममा मेची राजमार्गको एक खण्ड अवरुद्ध भएको छ।
प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वर्षाका कारण जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

