Harsamaya
उपत्यका डुबानको जोखिममा
माइतीघर ।

काठमाडौं - देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका  विनोद पराजुलीले  आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै  यहाँका  नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् । 

उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ ।

देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् । 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update