Harsamaya
साना खोलामा बाढीको जोखिम, यी जिल्लामा सतर्क रहन आग्रह
रोशी खोलामा बाढी ।

काठमाडौं - आज देशका विभिन्न जिल्लाका साना खोला र नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं उपत्यका, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लाका साना खोला र नदीमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ।

महाशाखाले नदी तथा खोला किनारमा बसोबास गर्ने, सडक यात्रा गर्ने र निर्माण कार्यमा संलग्न सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

निरन्तर वर्षाका कारण पहाडी र हिमाली क्षेत्रमा नदीको बहाव बढ्ने भएकाले पहिरो र डुबानको जोखिम पनि रहेको जनाइएको छ।

यस्तै, आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update