बङ्गुरलाई कुडोपानी दिदैं गर्दा रेश्मीको मृत्यु, चौपाया पनि पुरिए
स्याङ्जा - स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको छ।
भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा बिहीबार बिहान अचानक गोठ भत्किँदा रेश्मी पुरिएको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिएका छन्।
घटनामा गोठभित्र रहेका केही चौपाया पनि पुरिएर मरेका छन्। लगातारको वर्षाका कारण पुरानो गोठ भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३ ०९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

