भुटानी शरणार्थी प्रकरण: रिहा भए बेचन झा
काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा आज रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंको सजायँ तोकिए लगत्तै उनी आज रिहा भएका हुन्। उनी सुन्धरा कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
हिजो जिल्ला अदालत काठमाडौँले ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकेको र उनले पुर्पक्षमा जेल बस्दा कटाएकाले आज उनी रिहा भएका हुन् ।
बुधवार रिहाँ भइरहदाँ कारागारमा रहेका झाले तोकिएको अवधि भन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेका थिए । उनलाई रिहा गर्नका लागि मंगलबार राति नै कारागारलाई पत्र पठाइएको जनाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झा गत २०८१ असार १४ गते पक्राउ परेका थिए।
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३ १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

