Harsamaya
भारतमा पहिरोमा परी सात जनाको मृत्यु
केरलमा पहिरो ।

एजेन्सी - भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताहरूले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

पछिल्लो उद्धार प्रयास पछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मङ्गलबार भारी वर्षाको कारण पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरूका अनुसार मलप्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने अनक्कम्पोयिल–मेप्पाडी टनेल सडक परियोजना नजिकै पहिरो गएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update