Harsamaya
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
फ्रान्सले मोरक्कोलाई २-० पराजित गरेको छ । 

काठमाडौं - फिफा विश्वकप २०२६ को खोलमा फ्रान्सले मोरक्कोलाई २-० पराजित गरेको छ । 

शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे । 

योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए ।

यसैगरी, खेलको ६६औं मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो । 

यस जितसँगै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update