Harsamaya
टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ
नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं - बहुचर्चित टेरामक्स खरिद प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै बस्नेतविरुद्धको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको हो।

यद्यपि, सोही मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा तथा तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका उप्रेती दोषी ठहर भएका छन्। अदालतले उनीहरूलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै बस्नेतसहित विभिन्न व्यक्ति विरुद्ध मुद्दा दायर गरेको थियो।

तर अदालतले बस्नेतविरुद्ध आरोप पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै सफाइ दिएको हो।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update