Harsamaya
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
मेटाको स्वामित्वमा रहेको व्हाट्सएप।

एजेन्सी - भारत सरकारले अनलाइन ठगी र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने भन्दै मेटालाई ह्वाट्सएपको ‘युजरनेम’ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ।

फोन नम्बर लुकाएर युजरनेममार्फत सम्पर्क गर्न सकिने यो सुविधा गोपनीयताका लागि ल्याइए पनि भारतले यसले फिसिङ, ठगी र नक्कली परिचयको जोखिम बढाउने जनाएको छ। 

मेटाले भने सुविधा भारतमा अझै लागू नभएको र फोन नम्बर अनिवार्य रहने तथा बहुस्तरीय सुरक्षा व्यवस्था रहने स्पष्ट पारेको छ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update