Harsamaya
पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - श्रीलङ्काका पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्कर ‘हरक काटा’लाई रिहा गराउन घूस लिएको आरोपमा पक्राउ गरिएको छ।

भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार उनलाई हिरासतमा लिएको हो। उनीमाथि करिब ५० करोड श्रीलङ्काली रुपैयाँ घूस मागिएको र त्यसमध्ये १२ करोड रुपैयाँ लिइसकेको आरोप छ।

घटना हुँदा उनका पिता न्याय तथा कारागार सुधार मन्त्री थिए। राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि श्रीलङ्कामा भ्रष्टाचारविरुद्धको अभियान तीव्र बनाइएको छ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update