Harsamaya
इरानको दाबी : अमेरिका पराजित

एजेन्सी - इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले इरान–अमेरिका समझदारी अमेरिकी दबाबको विजय नभई अमेरिकाको पराजय भएको दाबी गरेका छन्। 

अजरबैजानको बाकुमा आयोजित कार्यक्रममा बोल्दै उनले पाकिस्तानको मध्यस्थतामा भएको ‘इस्लामाबाद समझदारी’ इरानी जनताको प्रतिरोध र राष्ट्रिय अधिकारको संरक्षणका कारण सम्भव भएको बताए।

गालिबफले मध्यपूर्वको सुरक्षा क्षेत्रीय देशहरूले नै सुनिश्चित गर्नुपर्ने र विदेशी सैन्य उपस्थितिले अस्थिरता बढाउने धारणा व्यक्त गर्दै क्षेत्रीय सहकार्य र आपसी समझदारीबाट मात्रै दीर्घकालीन शान्ति सम्भव हुने बताए।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update