पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ ।
गत जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । तीमध्ये धेरैजसो महिला थिए । एक वर्षअघि हाल खानी भएको क्षेत्रमा रहेको एक सुन खानीमा सुरुङ भत्किँदा ७० भन्दा बढीले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १६:२१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    