Harsamaya
राहदानी ठेक्का प्रकरणमा महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सोमबार आयोगले राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुबाट १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ । अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्करराज नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्ल लगायतविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिए । उक्त प्रकरणमा पक्राउ परेका सात जनालाई सोमबार नै अदालतमा उपस्थीत गराइएकोमा मंगलबारबाट बयान सुरु गर्ने गरि न्यायीक हिरासतमा पठाइएको उनले बताए ।  

राहदानी विभागले २०८१ मङ्सिरमा पाँच वर्षका लागी ६४ लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति र त्यसको प्रणाली व्यवस्थापन गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । २०८१ फागुन ९ मा विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन भएको थियो ।  

छपाइको ठेक्का जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए ।  ठेक्का सम्झौता अनुसार राहदानी छपाई र प्रणाली व्यवस्थापनको काम भने अझै भएको छैन ।  

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update