Harsamaya

काठमाडौं - हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।  

शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । 

टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्ममा काम गरेका छन् । 

उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update