Harsamaya
राहादानी छपाई अनियमितामा प्रकरणमा थप दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्नता रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज दुई जनालाई पक्राउ गरी छानबिन अगाडी बढाएको छ ।  

यसरी पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् । 

पक्राउ परेका दुवै माथि थप छानबिन रअनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्यादसमेत लिइसकेको छ ।

गत असार १ मा राहादानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो ।


 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update