Harsamaya
युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने जी–७ को सहमति
जी–७ राष्ट्रका नेताहरू ।

काठमाडौं - जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्धको युद्ध अन्त्य गराउन रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन्। फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोविरुद्ध प्रतिबन्ध कडा बनाउने विषयमा छलफल भएको हो।

सम्मेलनमा सहभागी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित जी–७ नेताहरूसँग भेटवार्ता गरेका थिए ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिँदै रूसी एलएनजी ढुवानीमा संलग्न ट्याङ्करहरूलाई समेत प्रतिबन्धको दायरामा ल्याइएको बताए । 

जेलेन्स्कीले युक्रेनलाई थप हवाई प्रतिरक्षा सहायता र रूसमाथि अन्तरराष्ट्रिय दबाब आवश्यक रहेको बताएका छन् । तीनदिने शिखर सम्मेलन बुधबार सम्पन्न हुने कार्यक्रम छ।

जी-७ राष्ट्रमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  २०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update