Harsamaya
तराईका केही स्थानहरूमा तातो दिन हुने 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। 

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । 

राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षारहिमपात तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update