Harsamaya
काठमाडौँ  - दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । 
१८१ जना यात्रु सवार विमान दुर्घटनामा १२० को मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
दक्षिण कोरियाको दमकल विभागले पनि यसको पुष्टि गरेको छ । 
विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । 
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update