Harsamaya
बाल यौन दुर्व्यवहारको आरोपमा बौद्ध भिक्षु निलम्बित
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - एक ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शनिबार श्रीलङ्काको एक बरिष्ठ बौद्ध भिक्षुलाई उहाँको जिम्मेवारीबाट निलम्बन गरिएको छ । 

एक दुर्लभ अनुशासनात्मक कदममा ७१ वर्षीय पल्लेगामा हेमरथनालाई ज्ञानको खोजीमा रहँदा बुद्धलाई आश्रय दिएको विश्वास गरिएको पवित्र पीपल (फिकस) को प्रमुख संरक्षकको रूपमा उहाँको जिम्मेवारीबाट हटाइएको हो ।

“माल्वाटे शाखाका भिक्षुहरूको परिषद्ले आज भेन हेमरथनालाई उहाँविरुद्ध कानुनी कारबाही पूरा नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ,” शीर्ष भिक्षुद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा रहेको अनुराधापुरास्थित जय श्री महाबोधि मन्दिरमा सन् २०२२ मा ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा हेमरथनालाई प्रहरीले ९ मेमा पक्राउ गरेको थियो।

उनलाई सुनुवाईमा उपस्थित हुने सर्तमा अदालतले धरौटीमा रिहा गरेको थियो भने विदेश जान रोक लगाएको थियो ।
 
दैनिक हजारौं मानिसहरूले पूजा तथा अर्चना गर्ने जय श्री महाबोधि मन्दिर नजिकै रहेको पीपलले बुद्धलाई ज्ञानको खोजीमा हिँडेका समय बुद्धत्व प्राप्त गरेको पीपलसँग सम्बन्धित भएको मानिन्छ । 

श्रीलङ्काले बुद्धको जन्म, ज्ञान र निधनको स्मृति दिवस मनाएकै दिन हेमरथनाको निलम्बन भएको हो ।

श्रीलङ्कामा बुद्ध भिक्षुहरूमाथि बालबालिकामाथि दुर्व्यवहार गरेका कैयौँ घटना भएका छन्, तर यस्तो अपराधको आरोप लगाइएका हेमरथना सबैभन्दा वरिष्ठ भिक्षु हुन् । 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update