Harsamaya
नेपाल इरानसँग पराजित
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपाल इरानसँग २०–२५, १५–२५ र २५–११ ले पराजित भएको हो । अब इरानले फाइनमा कजकस्तानसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा  कजाखस्तानले भारतलाई ३–० कै सोझो सेटमा हराएर फाइनल पुगेको हो । फाइन खेल भोलि हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update