Harsamaya
न्यायाधीश भुवन गिरीलाई तत्काल निलम्बनको माग गर्दै रावल अनसन बस्ने
पीडित आरती रावल ।

काठमाडौं- मुद्दामा सफाई नपाउँदै भुवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहीबार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकी छन् ।

पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्दा चलिरहेको बखत महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्वहाली गरिएको आरोप लगाइन् ।

सत्ता र शक्ति दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुर्नवहाली गर्नु कानुनी राज्यको धज्जी उडाइको रावालको जिकिर छ । ‘गैर कानुनी राजनीतिक नियुक्ती पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधिन रहेकोले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्’ रावलले भनिन् ।

विगतका समयमा अदालतप्रति जनताको आश मर्दै गएपनि वर्तमान समयमा त्यसप्रति भरोसा बढ्दै गएको बताउँदै रावलले भनिन्, ‘बालेन सरकारले न्यायालयको शुद्धिकरणको संकेत दिएको हो भने, भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस् । सर्वोच्च अदालत मेरा मिसिलका एक एक प्रमाणहरु केलाएर मलाई न्याय गरियोस् ।’

विगतमा अदालत पनि शक्तिको प्रभावमा परेको आरोप लगाउँदै रावलले प्रश्न गर्दै भनिन्, ‘के न्यायाधीशलाई कानुन लाग्दैन ? निष्पक्ष हुन्छ भनेको अदालतबाट अपराधी न्यायाधीशको संरक्षण किन ? तीनै तहका न्यायालयबाट सफाई नपाउँदै पुर्नवहाली किन ? नैतिकता आधारमा पनि उनि न्यायाधीश जस्तो पदमा बस्न मिल्छ ?’

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update