पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश
काठमाडौं - सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

