Harsamaya
नवनियुक्त प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ।

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । 

मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । 

यसअघि संसदीय सुनुवाई समितिले मंगलबार नै शर्माको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । 

 शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै पद तथा गोपनीयताको शपथ गराएका थिए । 

शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  २१:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update