दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
उनी सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतका अनुसार प्रसाईंलाई केही विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको बताएका छन्।
हालसम्म उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

