Harsamaya
अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई युएईको एफ–१६ जेट विमानहरूबाट स्कर्टिङ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युएई पुगेका छन् । युएईको हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै युएईको एफ–१६ जेट विमानहरूले मोदीको विमानलाई एस्कर्टिङ गरेका थिए।

अबुधाबीमा अवतरण गर्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्रीले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेलगायतका कार्यक्रम छन् ।

दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने कार्यक्रम तय छ ।

मोदी मे १५ देखि २० सम्म पाँच राष्ट्रको भ्रमणको क्रममा शुक्रबार अबुधाबी प्रस्थान गरेका हुन् । भ्रमणको उद्देश्य व्यापार, प्रविधि, ऊर्जा, नवप्रवर्तन र हरित वृद्धिमा भारतको रणनीतिक साझेदारीलाई गहिरो बनाउनु हो। साथै युरोप र खाडी क्षेत्रसँग नयाँ दिल्लीको विस्तारित संलग्नतालाई सुदृढ पार्नु हो ।

यूएई भ्रमणका क्रममा रक्षा, ऊर्जा, पूर्वाधार र बैंकिङ क्षेत्रहरूमा प्रमुख सम्झौता र लगानी घोषणाहरू भएका छन् । भारत र युएईले द्विपक्षीय रणनीतिक र सुरक्षा सहयोगलाई अझ सुदृढ गर्दै रणनीतिक रक्षा साझेदारीको रूपरेखामा सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

दुई देशले ऊर्जा क्षेत्रमा सहयोगलाई बढावा दिँदै रणनीतिक पेट्रोलियम भण्डार र तरल पेट्रोलियम ग्यास (एलपीजी)को आपूर्ति सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरे।

समुद्री क्षेत्रमा, दुवै पक्षले वाडीनारमा जहाज मर्मत क्लस्टर स्थापना गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मोदी पश्चिम एसियाका केही देशको भ्रमणपछि युरोप जाने कार्यक्रम छ ।

नर्वेमा, मोदीले मे १९ मा ओस्लोमा तेस्रो भारत–नोर्डिक शिखर सम्मेलनमा भाग लिने र नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ । शिखर सम्मेलनमा डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड र स्वीडेनका नेताहरूको पनि सहभागिता रहनेछ। (एएनआई)

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update