Harsamaya
ई-स्पोट्र्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
ई स्पोट्र्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ‘ई स्पोट्र्स’ राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने ।

काठमाडौं - ई स्पोट्र्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ‘ई स्पोट्र्स’ राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ । संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने घोषणा गरेको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधा समावेश छन् । प्रतियोगिताका छनोट खेलहरु अनलाईन र फाइनल खेल ल्यान ईभेन्टको रुपमा सञ्चालन गरिने प्रतियोगिताका संयोजक प्रकाश घर्तिले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत ई फुटबलमा ब्यक्तिगत तथा फ्रि फायर र पब्जी मोबाईलमा टिमको रुपमा समावेश हुन सकिने बोर्ड सदस्य समेत रहेका संयोजक घर्तिले बताए ।

प्रतियोगिता खेल्न ईच्छुक खेलाडी तथा टिमले ईशानको वेबसाईटमा गएर दर्ता हुन सक्नेछन् । तेस्रो संस्करणको प्रतियोगितामा खेलाडी र टिम गरी ५ हजार बढी सहभागी हुने ई स्पोट्र्स संघ ईशानले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ११:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update