सुनसरीमा डुबेर दुई बालकको मृत्यु
सुनसरी - रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।
खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

