सङ्घीय संसदको अधिवेशन आव्हान गर्न सरकारको सिफारिस
काठमाडौं - सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राम चन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरिनेछ।
सरकारको यस निर्णयसँगै संघीय संसदको नियमित गतिविधि पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३ १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

