Harsamaya
‘सीमा अतिक्रमणबारे कूटनीतिक नोट पठाएर सरकारले कर्मकाण्डी गर्‍यो’
श्रम संस्कृति पार्टी ।

काठमाडौं - श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र जनजीविकासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसक्नु र महाकाली नदी किनारमा भइरहेको सीमा अतिक्रमण रोक्न नसक्नु सरकारको कमजोरी भएको आरोप लगाइएको छ ।

‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश—मानसरोवर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो ? दार्चुलाको दुम्लिङसम्म बाटो पुर्याउन नसक्ने सरकार बनेर पारि पट्टी सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन ?,’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले एउटा कूटनीतिक नोट पठाएर मात्र औपचारिकता पूरा गर्नु पर्याप्त नभएको बताउँदै नेपाल, भारत, चीनलाई राखेर सबै पक्षबीच वार्ताको पहल गर्न माग गरेको छ ।

‘एउटा कूटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै हुन्छ । हुँदैन । सो विषयलाई संवादमा ल्याउन वार्ता टोली बनाएर वार्ता सुरु गर्नु पर्दैन रु चीन, भारत, नेपाल र गल लाई राखेर चारै पक्ष बिच वार्ता गरेर सीमा जोगाउन तिर लाग्नु,’ पार्टीले जनाएको छ ।

यस्तै, देशभित्रका अन्य समस्यामा पनि पार्टीले सरकारको आलोचना गरेको छ । सुकुम्बासी बस्ती हटाउन प्रयोग भइरहेका डोजरहरू विपद् व्यवस्थापन, बाढी पहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनः निर्माणमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ ।

अर्थतन्त्रका सन्दर्भमा विदेशी ऋण लिने कार्य रोक्न र आर्थिक सुधारमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ । अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य सञ्चालन गर्न सक्दैन भन्दै पार्टीले आवश्यक परे सरकारलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update