Harsamaya
नेपालको दाबीप्रति भारतको प्रतिक्रिया : लिपुलेक मार्ग नयाँ नभई दशकौँदेखि प्रयोगमा छ
भारतको परराष्ट्र मन्त्रालय ।

काठमाडौं - लिपुलेक विवादबारे नेपालको परराष्ट्र मन्त्रालयले व्यक्त गरेको धारणाप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएको छ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार जारी गरेको वक्तव्यमा लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि सञ्चालन हुँदै आएको उल्लेख गरेका छन् । उक्त मार्ग नयाँ नभई दशकौँदेखि प्रयोगमा रहेको स्पष्ट पारिएको छ।

सीमासम्बन्धी दाबीबारे भारतले आफ्नो धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै त्यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जनाएको छ। भारतका अनुसार एकतर्फी रूपमा भूभाग विस्तार गर्ने प्रयास अस्वीकार्य र अव्यावहारिक हुन्छ।

त्यसैगरी, द्विपक्षीय सम्बन्धका सबै विषयमा, विशेषगरी बाँकी रहेका सीमासम्बन्धी मुद्दाहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत खुला रहेको भारतको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । 

नेपालको परराष्ट्र मन्त्रालयले मिडियाले सोधेको सवालको जवाफ भन्दै हिजो एक विज्ञप्ति जारी गरेको थियो । त्यसको जवाफमा भारतको विज्ञप्ति राति नै आएको हो । केही समयअघि भारत र चीनले नेपालको लिपुलेक र कालापानी हुँदे मनसरोबर यात्राको लागि सडक सञ्चालनमा ल्याएको थियो ।

india-1777856604.JPG

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update