मेलम्ची - त्रिशक्ति युवा क्लव, मेलम्ची –९ द्वारा आयोजित मेलम्ची नगर स्तरीय वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची -७ ले जितेको छ ।
रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै मेलम्ची-७ ले प्रतिद्वन्द्वी टोली दुवाचौर सामुदायिक युवा क्लवलाई २५˗२१ २५˗२० र २५ ˗१७ पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा दुवाचौरकै दबदबा देखिएको छ । दुवाचौर सामुदायिक युवा क्लबले दोस्रो स्थान हासिल गर्दा दुवाचौरकै नमुना युवा क्लबले तेस्रो स्थान हात पारेको छ । उनीहरुले क्रमश १ लाख, ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यससँगै शीर्ष तीनै स्थान मेलम्ची–७ दुवाचौरका टोलीहरूले कब्जा गर्दै कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि वडा भित्र्याएका छन् । यो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सबै टोली एउटै वडाबाट हुनु विशेष उपलब्धि मानिएको छ । साथै, यसपटकका मुख्य सबै पुरस्कारहरू दुवाचौरमै सीमित भएका छन् ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा त्रिशक्ति युवा क्लबको आयोजनामा जनता माबिको प्राङ्गणमा भएको प्रतियोगिताले स्थानीय खेलकुद विकास, युवाहरूबीच एकता तथा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
मेलम्ची नगर प्रमुख आइतमान तामाङले बैशाख १८ गते उद्घाटन गर्नुभएको समापन खेलमा उप प्रमुख उमा प्रधान, वडाअध्यक्ष किरणदिप खड्का लगायतको सहभागिता थियो ।

