काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार संसद सचिवालयमा सभामुख डोलप्रसाद अर्यालसमक्ष नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि सभामुख अर्यालले नवनिर्वाचित सभापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका हुन् ।
त्यसअघि शुक्रबार नै बसको सम्बन्धीत समिति बैठकले सभापति चयन गरेको हो । जसअनुसार अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, उद्योग समितिका रहवर अन्सारी र कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएका थिए ।
त्यस्तैगरि राज्यको निर्देशक सिद्धान्त र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की र शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएका छन् ।
त्यसैगरि संसदीय सुनुवाई समितिको सभापतिमा बोध नारायण श्रेष्ठ, राज्य व्यवस्था समितिमा हरि ढकाल, लेखा समितिमा भरत बहादुर खड्का, महिला समितिमा आकृति अवस्थी, पूर्वाधार बिकास समितिमा आशिष गजुरेल र कृषि समितिको सभापतिमा अशोक कुमार चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

